- अमर काफ्ले

कोरोना महामारीका बाबजुत ड्यूटीमा खटिदै आएका नगर प्रहरीहरुलाई स्वास्थ्य शाखा इनरुवाले सम्मान गरेको छ ।नगरपालिकाको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख राजन मेहता सहितका जनप्रतिनिधिले उनीहरुलाई सम्मान गरेका हुन् ।

नगरको सुरक्षा लगायत भीड व्यवस्थापनका सवालमा कार्य गर्दै आएको नगर प्रहरीले कोरोना महामारीका बाबजुत जिम्मेबारी निर्वाहमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको इनरुवा नपाका स्वास्थ्य शाखा अधिकृत सन्तोष देवले बताए ।

कार्यक्रममा सरसफाईकर्मी समेतलाई सम्मान गरिएको थियो । स्वास्थ्य अधिकृत मिस्रीलाल मेहताका अनुसार अग्रभागमा रहेर तोकिएको कार्यक्षेत्रमा जिम्मेबारी वहनका लागि खटिएका नगर प्रहरी र सरसफाईकर्मीलाई सम्मान गरिएको हो । उनीहरुलाई उपप्रमुख जमुना गौतम पोखरेल सहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले सम्मान गरेका थिए ।सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख राजन मेहताले नगर प्रहरीको भूमिकाको सराहना गरेका छन् । मेहताले विषम परिस्थितिका बिच आफु र आफ्नो परिवारको ख्याल नगरी नगर र नगरवासीको हकमा खटिदै आएका नगर प्रहरीको योगदानको उचित मूल्याङकन गरिने बताए ।

तपाईको प्रतिक्रिया