- अमर काफ्ले

जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् । प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले उत्कृष्ट घाेषित गरेकाे थियाे ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताका रुपमा सम्मान गरेको हो ।  विशेष कार्यक्रमका बिच मुख्य मंत्री शेरधन राईले सम्मान पत्र प्रदान गर्नुुु भएकाे हाे । खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घटित विभिन्न घटनाको सूक्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा खटिदै आएका प्रहरी अधिकृत हुन् ।



तपाईको प्रतिक्रिया