- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सामाजिक अभियन्ता रोहित निरौला, जिनियस निरौला सहित संचारकर्मी रुमा रिजाल, समाजसेवी हाजी इसराईल मन्सुरी, निर्माण व्यवसायी जयप्रकाश साह रहेका छन् । त्यसैगरी एयुब अन्सारी, रमेश यादव, जीवन पराजुली, परेवज आलम, खगेन्द्र श्रेष्ठ, मनोज सिपलिया यादव समेतलाई प्रहरी प्रमुख थापाले सम्मान गर्नु भएको थियो । प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई कार्यकक्षमा सम्मान गर्नु भएको थियो । सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रहि प्रहरीको लागि साथ, सहयोगका अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।



तपाईको प्रतिक्रिया