- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले दशैं घर परिवारमै बसेर मनाउने वातावरण तय गर्न स्थानीय तहहरु समक्ष आग्रह गरेका छन् ।

सीमित संचारकर्मीको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेका राजभण्डारीले त्यस्तो आग्रह गरेका हुन् । जिल्लाका सबै स्थानीय तहलाई सरकारी निर्णय पालना गर्ने र गराउने तर्फ जिम्मेबार बन्न समेत उनले आग्रह गरेका छन् ।‘कोरोनाको बढ्दो जोखिमका बिच स्वयं सावधानी अपनाउनु बाहेकको विकल्प छैन् । त्यसैले आफुपनि घरमै बसौं र आफन्तलाई समेत आफ्नै घरमा मात्र पर्व मनाऔं भन्ने सन्देश प्रवाह गर्दै सोही अनुरुपको वातावरण तय गर्न स्थानीय तहले जिम्मेबारी पूर्वक भूमिका खेल्नु आजको आवश्यकता हो’ राजभण्डारीले भनेका छन् ।दशैं मनाउन घर फर्किनेको लर्कोसँगै समुदायमा कोरोनाको जोखिम बढेकाले विषम परिस्थितिलाई आत्मसाथ गर्दै सबैले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा उनले जोड दिए ।लापरवाही र हेलचेक्राईले संक्रमण फैलन सक्ने सम्भावना प्रवल हुने भएकाले समुदाय सुरक्षित राख्न हरेक स्थानीय तहले ठोस योजना बनाई अघि बढ्नु पर्ने उनले सुझाव दिए ।



तपाईको प्रतिक्रिया