kidnapped१४ माघ, लहान। प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नपा–६ निवासी २० वर्षीय भक्ति राई, २२ वर्षीय गोरे भन्ने बिमल छारापाने र १९ वर्षीय सुजन थापा मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट एक ग्राम २० मिलिग्राम अवैध लागुऔषध (ब्राउन सुगर), नगद रु ५५ हजार ४१० तथा लागुऔषधमा प्रयोग गरिने विभिन्न सामग्री बरामद भएको जानकारी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले दिए ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाही तथा म्याद थपका लागि जिल्ला अदालत सिरहा पठाएको उनले भने ।

 

तपाईको प्रतिक्रिया