प्रदेश १ मा आज ३ सय ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा २ सय ६५, सुनसरीमा ६०, झापामा ४१, इलाममा १०, उदयपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बुमा समान १ जना र प्रदेश १ बाहिरबाट ४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा १ सय ७ महिला र १ सय १८ पुरुष गरी कुल २ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि मोरङको उर्लाबारी नगरपालिकामा ७, लेटाङ नगरपालिका र जहँदा गाउँपालिकामा समान ६, धनपालथान गाउँपालिकामा ५, पथरीशनिश्चरे नगरपालिकामा ४, सुन्दरहरैंचा, रतुवामाई नगरपालिका र बुढीगंगा गाउँपालिकामा समान ३, कटहरी गाउँपालिका र ठेगाना नखुलेकोमा समान २, सुनवर्षी नगरपालिका र ग्रामथान गाउँपालिकामा समान १ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिकामा २१ महिला र २२ पुरुष गरी कुल ४३ जना, इटहरी उपमहानगरपालिकामा १०, इनरुवा नगरपालिकामा ३, रामधुनी, बराहक्षेत्र, दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। झापाको दमक र विर्तामोड नगरपालिकामा समान १०, गौराहद नगरपालिकामा १०, मेचीनगर र अर्जुनधारा नगरपालिकामा २, कनकाई नगरपालिका र कमल गाउँपालिकामा समान १ र ठेगाना नखुलेकोमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।पहाडी क्षेत्र इलामको माइ जोगमाई गाउँपालिकामा ६, माइ नगरपालिका, इलाम, चुलाचुली गाउँपालिका र ठेगाना नखुलेकोमा समान १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि खोटाङमा ठेगाना नखुलेकोमा १, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, तेह्रथुमको म्याङ्गलुङ नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयका अनुसार शनिबार प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ। यससँगै प्रदेशमा हालसम्म १६ हजार ८ सय ५७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

प्रदेशभर शनिबार एकैपटक ५ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयले शनिबार २ हजार १ सय ५८ जनाको पीसीआर परीक्षण गरेको जनाएको छ। जसमा १ सय ५७ महिला र २ सय ३२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।



तपाईको प्रतिक्रिया