Shakti-Basnet1विराटनगर, १४ माघ– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्न सरकारले कुनै सोच नबनाएको बताएका छन् ।

बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले रंगेली घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएपनि छानबिन आयोग बनाउनेबारेमा कुनै सोच नबनेको स्पष्ट पारे ।

गत माघ ७ गते मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको थियो । घटनापछि मोर्चाले छानबिनका लागि उच्चस्तरिय न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएका छ ।

गृहमन्त्री बस्नेतले बल प्रयोग गर्नुपर्ने वातावरण बनेकाले सुरक्षाकर्मीले बाध्य भएर गोली चलाउनुपरेको स्पष्ट पारे ।

उनले आन्दोलनरत पक्षसित सरकारले संवादबाटै समस्या समाधानका लागि लचकता देखाए पनि मार्चाको वार्ताप्रतित रुची नभएको आरोप लगाए ।

‘संवादबाट समस्या समाधान गर्ने पक्षमा आन्दोलनकारीले चासो देखाएको छैन ।’ उनले भने, ‘सधैंभरी अन्यौलको स्थिति रहँदैन् । केही दिनमै मुलुकले निकास पाउँछ ।’
मुलुकको वर्तमान राजनीतिक अवस्थाको सहज व्यवस्थापनका लागि सरकार लागिपरेको उनले बताए । उनले संक्रमणालिन वर्तमान अवस्थाका कारण सबै क्षेत्र प्रभावित भएको स्विकार गरे ।

मधसी मोर्चाका कतिपय माग संविधान संशोधन मार्फत सम्बोधन भइसकेको र कतिपय माग सम्बोधन हुने क्रममा रहेको बताउँदै गृहमन्त्री बस्नेतले सक्दो चाँडो समस्याले निकास पाउने सम्भावना रहेको बताए ।काठमाडौटुडेबाट

 

तपाईको प्रतिक्रिया