हात धोऔं, स्वस्थ रहौं /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षिय टुमा सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । झै-झगडाको विषयमा यादवलाई पक्राउ गरेको प्रहरीले उनको घरबाट खानतलासीको क्रममा पेस्तोल समेत बरामद भएको जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिदै आएको भन्ने प्राप्त सुचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।हतियार समेत रहेको भन्ने सुचना अनुरुप खोजतलासको क्रममा यादवको घरको शौचालयको सेफ्टी टंकी छेउमा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा मेड इन इण्डिया लेखेको पेस्तोल फेला परेको थापाले जानकारी दिनुभयो ।पेस्तोलमा लोड गरिएको म्याग्जीन र २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ परेका यादव विरुद्ध हात हतियार खरखजाना सम्वन्धि मुद्दामा कार्वाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया