- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/जिल्ला प्रहरी कार्यालय सुनसरीले लागुऔषध विरुद्धको स्वीप अप्रेसनको क्रममा २८ जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी संचालनमा ल्याइएको अप्रेसनको क्रममा उनीहरु पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लागुऔषधका मूख्य कारोबारी र गिरोहमा आवद्ध व्यक्तिहरु भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले विशेष गरी नेपाल भारतको खुल्ला सीमा र त्यसको आडमा हुँदै आएको आगुऔषधको कारोवार निस्तेज पार्न स्वीप अप्रेसन चलाउदै आएको जनाएको छ ।सो क्रममा बैशाख यता दशैंको अवधि सम्म २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।प्रहरी प्रमुख कमल थापाका अनुसार पक्राउ परेका मध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएका छन् भने ३ जना अदालतबाट धरौटीमा रिहा हुँदा १ जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।सुनसरी प्रहरीका अनुसार स्वीप अप्रेसनको क्रममा पक्राउ परेकाहरुमा अधिकांश युवा उमेर समूहका व्यक्तिहरु रहेका छन् । उनीहरुको साथबाट विभिन्न स्थान र समयमा ठुलो परिणाममा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीका अनुसार स्वीप अप्रेसनका क्रममा पक्राउ परेका कतिपय किशोरहरु अरुको उक्साहट र आर्थिक लाभको लोभमा कुलतमा फँसेको पाइएका छन् । त्यस्ता व्यक्तिको हकमा प्रहरीले बानी र व्यवहार सुधार्न सम्वन्धित अभिभावकको जिम्मा समेत लगाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कारोबारीको चेन तोड्न र गिरोह समात्न लागुऔषधमा संलग्न व्यक्तिहरु पक्राउ पश्चात उनीहरुकै सहयोग समेत लिने गरेको छ । प्रहरी रेकर्डमा उल्लेख राखिएका त्यस्ता व्यक्तिलाई अप्रेसन प्रयोजनका साथै आगुऔषध सम्वन्धि सुचना दिने काममा सहयोगीका रुपमा प्रयोग गर्दै आएको जनाएको छ ।सुनसरी प्रहरीले स्वीप अप्रेसन बाहेकको अवस्थामा समेत लागुऔषधमा संलग्न व्यक्तिहरु पक्राउ गर्दै आएको जनाएको छ । प्रहरीका अनुसार स्वीप अप्रेसन समेत गरी कात्तिक ५ गते सम्म ८४ जना पक्राउ परेका छन् । ५४ वटा मुद्दा संख्यामा पक्राउ परेका ८४ जना मध्ये ४१ जना पुर्पक्षका लागि थुनामा रहँदा १८ जना धरौटीमा रिहा भएका छन् । सुनसरी प्रहरीका अनुसार २५ जना उपरको अनुसन्धान भने जारी रहेको छ ।



तपाईको प्रतिक्रिया