इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ स्थित नरसिंहमा रहेको कालीथान मन्दिरमा वर्षौ देखी लाग्दैँ आएको दिपावली मेलालाई लक्षित गरी बुधबार एक कार्यक्रमको बिच मन्दिरमा कालीको प्रतिमा स्थापना गरिएको छ ।

दिपावलीमा भब्य लाग्ने मेलालाई लक्षित गरेर पुजापाठ गर्दै आएको कालीथान मन्दिरमा यसपालि नवनिर्मीत मूर्ती स्थापना गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र वडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र यादवले संयुक्त रुपमा मूर्ती स्थापना गरेकाहुन ।

मूर्ती स्थापना गरे सँगै सहायक मूर्ती र अन्य देवीदेवताको मूर्ती बनाउने कार्य अहिले तिब्र पारिएको स्थानीय समाजसेवी तथा ठेकेदार रमेश प्रसाद यादवले जानकारी दिए । यादवका अनुसार काली मन्दिरमा काली, दुर्गा, सरस्वती सहितका १२ देवीदेवताको मूर्ती निर्माण कार्य जारी रहेको छ । मूर्ती स्थापना कार्यक्रममा स्थानीय समाजसेवी तथा निर्माण ब्यवसायी बिनित यादव, बाबुराम साह, पण्डित जागे झा लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।



तपाईको प्रतिक्रिया