- संगम बिष्ट

चतरा। बिकासका आधारभुत पक्षवाट समेत पछि परेको श्रीलंका टापुमा बल्ल बिजुली बत्ति पुगेको छ । २०७४ सालको संघिय निर्वाचनमा गाऊमा बिधुत ल्याउने कबुल गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर कार्कीको पहल र स्थानिय स्रोतको लगानीमा टापुमा बिधुत आएको हो । साँझ परेपछि टुकी र सोर्य उर्जाको मधुरो उज्यालोमा बस्ने श्रीलङ्का टापुका बासिन्दाहरूले यस बर्षदेखि भने बिधुतिय उर्जा प्रयोग गर्न थालेका छन् । टापुबासीले यस पटकको दशैं बिजुली बत्तीको उज्यालोमा मनाए । अब नजिकै आइरहेको तिहार झन झिलिमिली पारेर मनाउने तयारीमा छन् ।

तीन साता अघिसम्म छिमेकी पल्लो गाउँमा बलेको बिजुली बत्तीको उज्यालोलाई टाढाबाट हेर्दै आफ्नो घरमा टुकी बालेर चित्त बुझाउँथे पाडण्व चन्द्रवंशी र उनका छरछिमेकीहरू । अहिले आफ्नो गाउमा नै बिजुलि बल्न थाले पछि खुसी भएका छन् । चुनावताका बोलेका कुरा चाजो पाजो मिलाएर विजुली गाउँमै लगे पछि अहिले नेता कार्कीको चर्चा समग्र सुनसरीबासीले प्रशंसा गर्न थालेका छन ।

वराहक्षेत्रमा विद्युतीकरण सुरु भएको चारदशक बितिसकेको छ । तर, श्रीलङ्का टाप्पुका करिब ५ हजार बासिन्दाले भने टुकी र सौर्य उर्जाकै भरमा साँझको स्वागत गर्दै आएका थिए । अरूका लागि सामान्य भए पनि श्रीलङ्का टापुका बासिन्दाका लागि आफ्नो गाउँघरमा बिजुली बत्ती बल्नु ठूलै उपलब्धि भएको छ । नेपाली काँग्रेसका क्षेत्र नं ४ क प्रदेश सभाका सभापति उपेन्द्र कटुवालले भने चुनावी अभियानमा बोलेको कुरा ज्ञानेन्द्र दाईले पुरा गर्नु भयो त्यहाँका सर्वसाधरण सुबिधा भएको छ उनले भने । पोल गाड्ने काम समेत हामीले गरेका हौ, अहिले बत्ति बल्दा खुशि लागेको छ ।

बिजुली आए पछि वराहक्षेत्र नगरपालिका ६ र ९ का बासिन्दाले खुशीयाली समेत मनाएका छन । सुगम जिल्लाको दुर्गमस्थल मानिएको श्रीलङ्का टापुमा बिजुली बल्दा गाउँमा खुशीयाली छाएको स्थानीय रामसेवक मेहताले बताए । उनले भने, ‘टुकी र सौर्य उर्जाको ठाउँमा बिजुली बत्ती आयो । बिजुलीलाई सदुपयोग गरेर गाउँका किसानहरूले आयमूलक क्षेत्रमा लागेर जीविका चलाउन सक्ने भएका छन ।’

श्रीलङ्का टापुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत करिब अढाई करोड रुपैयाँको लगानीमा विद्युत विस्तार भएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गइवारले जानकारी दिए । उनले भने, ‘अनगोइङ प्रोजेक्ट हो, थप टेण्डर भएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरेका छौं । छुटफुट लाइन भने विस्तार गर्नेछौं । कोरोना सङ्क्रमणका बेला औपचारिक कार्यक्रम गरिएन, हाललाई विद्युत छाडेका छौं ।’

विद्युत प्रसारणपछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीलगायतका जनावरले दिने दुःख पनि कम हुनेमा टप्पुवासी बिस्वत रहेका छन् । बर्सेनि जङ्गली हात्ती र अन्य जनावरले आतङ्क मच्चाउँदै वार्षिक ५० लाख रुपैयाँ भन्दा बढीको धनमाल, बालीनाली क्षति पुर्याउने गरेको टप्पुमा बिजुली बत्ती आएपछि जङ्गली हात्ती र अन्य जनावरबाट दुःख नपाइएला भन्ने आशा पलाएको वराहक्षेत्र–९ का वडा सदस्य समेत रहेका शम्भु चन्द्रवंशीले बताए ।



तपाईको प्रतिक्रिया