- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/नगरपालिकाको काम कार्वाही प्रति असन्तुष्टि जनाएकी उप प्रमुख जमुना गौतम पोखरेलले बढ्दो अनियमितता छानबिनको माग गर्दै उजुरीको तयारी थालेकी छिन् । उनले माथिल्ला निकायमा लिखित जानकारी गराउने देखि अख्तियारको कार्यालयमा उजुरी हाल्ने सम्मको तयारीमा जुटेको बताइन् ।कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेकी उप प्रमुख पोखरेलले नगर भित्रका अधिकांश कामकाज निमत संगत हुने नगरेको भन्दै मिलेमतोको आशंका जताइन् ।उनले नगरपालिकाको कार्यालय सर्वसाधारण जनता भन्दा पनि पहुँचवाल र ओहदामा रहेकाहरुको निकटका व्यक्तिको पेवा सरह मात्र भएको बताइन् ।पोखरेलको भनाईलाई उद्दृत गर्ने हो भने नगर भित्र उप प्रमुखको पद केवल थपना मात्रै हो । जहाँ संविधानले दिएको अधिकार पूर्ण रुपले कुण्ठित पारिएको छ । नगर प्रमुख, प्रशासकीय अधिकृत, लेखा र वडाअध्यक्ष सबै आपसमा मिलेका छन् । जसले उप प्रमुखलाई संधै वाइपास गर्ने काम गरिरहेका छन् ।

नगर भित्र संचालित योजना देखि अनुगमन मात्रै नभएर हरेक क्षेत्रमा आफुलाई उपेक्षा गर्ने गरिएको पोखरेलको भनाई छ । उनले केहि व्यक्ति त उप प्रमुखले कामै गर्न नसकेको भनि हल्ला फैलाउनकै लागि परिचालित रहँदै आएको समेत बताइन् ।पोखरेलले भनिन्, सरसल्लाह त परै जाओस, के हुँदैछ भन्ने विषय समेत सामाजिक सञ्जाल खोले मात्र थाहा हुन्छ । विडम्बना छ जहाँ अधिकारले दिएको काम समेत गर्न दिइदैन् ।पटक पटक आफुलाई गिराउने काम सिंगो नगरपालिकाको बडीले गर्ने गरेको आरोप लगाएकी पोखरेलले जनताका सामू वास्तविकता लिएर जान ढिला गर्न नहुने भन्दै पत्रकार सम्मेलनको आयोजना गर्नु परेको सुनाइन् ।उप प्रमुख पोखरेलले नगर भित्र संचालित योजना, सम्पन्न भएका निर्माण कार्य, पास भएका योजना त्यसको अनुगमन, मूल्याङकन र भुक्तानीका विषयमा आफु पूर्ण रुपमा अनभित्र रहेको समेत पत्रकार सम्मेलनमा बताइन् ।उनले चालु वर्षको हाल सम्मको मात्रै नभई अघिल्लो आर्थिक वर्षको नगरको गतिविधि समेत आफुलाई जानकारीमा नरहेको बताइन् । उनले कार्यपालिकाबाट पास भएको भनिएको बजेट सिलिङ समेत नगर प्रमुख र वडाअध्यक्ष सहितको मिलेमतोमा आफु अनुकुल फेरबदल गरेको गम्भिर आरोप लगाइन् ।उनले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने विषयमा समेत नगरपालिकाले आफुलाई जानकारी नगराएको बताएन् । पटक पटक आफुले सूचना र जानकारी माग्दा समेत नपाए पछि सो विषयमा माथिल्लो निकायमा जानकारी गराई सकेको बताइन् ।

प्रदेश एकको आन्तरीक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सँगै संघीय सरकार समक्ष समेत वस्तु स्थितिका बारेमा लिखित जानकारी गराइएको बताएकी पोखरेलले सबै विस्तृत विषय छानविनको माग सहित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी हाल्ने बताइन् ।पोखरेलले नगरपालिकाले आव्हान गरेको कर्मचारी भर्नामा समेत गोलमालको आशंका जताइन् । उनले भर्ना प्रकृया पार्दशी हुनेमा आशंका व्यक्त गरिन् । जसमा प्रशासन र स्वयं नगरवासीले खबरदारी गर्न आवश्यक रहेको पोखरेलले बताइन् ।नगर भित्र भएका र भैरहेका धेरै विषयमा आफ्नो नाम भजाएर आर्थिक अनियमितता समेत गर्ने गरेको पाइएकाले सो तर्फ समेत छानविनको माग गर्ने उनको भनाई थियो ।पोखरेलले कोभिडको नाममा समेत ब्रम्हलुट भएको आशंका गरेकी छिन् । त्यसका अलावा नगर र वडामा भएका हरेक काममा आर्थिक अनियमितता भैरहेको विषय बाहिर आएकाले त्यसतर्फ समेत निष्पक्ष छानविन हुनु पर्ने उनको माग छ ।उनले पत्रकार सम्मेलन मार्फत आफ्नो पदीय जिम्मेबारी र मर्यादा अनुसार ऐन कानुनले दिएको अख्तियारी सँगै जिम्मेबारीमा हस्तक्षेत्र नगर्न समेत सचेत गराएकी छिन् । उनले नराम्रा काम विरुद्धको आफ्नो अभियानमा साथ दिन नगरवासी समक्ष आग्रह समेत गरेकी छिन् ।



तपाईको प्रतिक्रिया