- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ सुनसरी प्रहरीले ठूलो परिमाणका लागुऔषध सहित पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको छ ।प्रहरीले जिल्ला प्रहरी कार्यालय हातामा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएका लागुऔषध सहितका पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको हो ।

प्रहरीले तिहारलाई लक्षित गरी भारतबाट ल्याइएका लाखौं मूल्य पर्ने पटकाजन्य विष्फोटक पदार्थ खाल्डो खनी पुरेको छ । त्यसका अलावा प्रहरीले विभिन्न समयमा बरामद गरी कानुनी प्रकृया पुरा गरेका आगुऔषधजन्य सामग्री समेत नष्ट गरेको छ ।सुनसरी प्रहरीले खैरो हिरोईन सहितका विभिन्न परिमाणमा बरामद भएका आगुऔषध र घरेलु मदिरा समेत पत्रकार सम्मेलनका बिच सार्वजनिक गरी नष्ट गरेको छ ।

सो क्रममा प्रहरीले एक सातायता जिल्लामा संचालनमा ल्याएको गाँजा फँडानीका क्रममा नष्ट गरिएका १५ हजार ५ सय २९ बोट गाँजा समेत जलाइएको थियो ।

पत्रकार सम्मेलनका बिच सुनसरी प्रहरीले जिल्लामा संचालित लागुऔषध केन्द्रीत स्वीप अप्रेसनका साथै अपराध नियन्त्रणमा परिचालित सुरक्षा दस्ताबाट प्राप्त उपलब्धी सार्वजनिक समेत गरेको छ ।

त्यसैगरी लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरेको एक थान पेस्तोल र गोली समेत प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले प्रहरीले हात पारेका उपलब्धी सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले विगतका वर्षको तुलनामा जिल्लाको शान्ति सुरक्षामा आमूल परिवर्तन आएको बताए । उनले आगुऔषध सहित अपराध नियन्त्रणको सवालमा प्रहरीले ठूलो सफलता हात पारेको दाबी समेत गरे ।प्रहरीले गत वर्षको तुलनामा भन्सार छली वापत उल्लेख्य रुपमा राजश्व संकलन भएको विवरण समेत सार्वजनिक गरेको थियो । उसले प्रहरी कार्यालयबाट सम्पादित मुद्धा विवरण लगायत अन्य कामकाजका विषयमा समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

यसैबिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले १ लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेलले विभिन्न बीओपी मार्फत परिचालित सुरक्षाकर्मीको टोलीले बरामद गरेको उक्त मूल्य बराबरको पटका नष्ट गरिएको जानकारी दिनुभयो । उपरीक्षक पौडेलका अनुसार तिहारलाई लक्षित गरी भारतीय बजारबाट नेपाल तर्फ ल्याउँदै गर्दा सीमा सहितका क्षेत्रमा परिचालित सशस्त्र प्रहरीको टोलीले पटकाजन्य विष्फोटक पदार्थ बरामद गरेको थियो । जसलाई स्थानीय अगुवा सहितको उपस्थितिमा नष्ट गरिएको छ ।



तपाईको प्रतिक्रिया