- अमर काफ्ले

हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका छन् । प्रतियोगितामा राजकुमारले प्रथम स्थान हात पार्दा बिनय कुमार सिंह दोस्रो भएका छन् । अजय कुमार सिंहले तेस्रो स्थान हात पार्दा प्रतियोगिताको उत्कृष्ट महिला तर्फको उपाधि भने गायत्री चित्लाङ्गियाले जितेकी छिन् । सिद्धान्त निरौला उत्कृष्ट बलाहा घोषित भएको प्रतियोगितामा गेहेन्द्रचन्द्र ढुङ्गेलले भेट्रान खेलाडीको उपाधि हात पारेका छन् ।

शारदा माबि बलाहामा आयोजित बुद्धिचाल प्रतियोगिताको संस्थाका अध्यक्ष माधव प्रसाद आचार्यले उद्घाटन गरेका थिए ।प्रतियोगिता वेष्ट अफ फाइबका आधारमा खेलाइएको थियो । खुल्ला प्रतिष्पर्धाका रुपमा आयोजित प्रतियोगितामा इनरुवा नगरपालिका भित्रका विभिन्न उमेर समूहका १८ जनाले सहभागिता जनाएका थिए ।प्रतियोगिताका बिजेताहरुलाई संस्थाले आयोजना गर्ने विशेष कार्यक्रमका बिच सम्मान गरिने सचिव एकराज खनालले जानकारी दिए ।करुणा समाज इनरुवा ५ बलाहाले संस्था स्थापनाताका देखिनै विविध कार्यक्रम संचालनमा ल्याउदै आएको छ । उसले साप्ताहिक र मासिक रुपमा समेत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।अध्यक्ष आचार्यका अनुसार संस्थाले स्वास्थ्य शिविर, जेष्ठ नागरिकका लागि सहज र सुलभ स्वास्थ्योपचारका अलावा योग शिविर, राहत तथा सहयोग कार्यक्रम र सार्वजनिक हितसँगै सामाजिक उत्तरदायित्व वहन जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।संस्थाको ५ औं स्थापना दिवसको अवसर पारी दोस्रो नगर स्तरीय बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा १८ जना प्रतिष्पर्धीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया