हात धोऔं,स्वस्थ रहौं  / इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोखरेलले स्वयं नगरपालिकाको कार्यालयले आफुलाई हाँसोको पात्र बनाउन खोजेको आरोप लगाएकी छिन् । नगरपालिकामा भए गरेका अनियमितताको विषयमा आफुले राखेको धारणालाई अर्थको अनर्थ लगाउँदै जनाइएको प्रतिकृयालाई पोखरेलले आफुमाथि सुनियोजित प्रहार भनेकी छिन् ।

उनले प्रेस विज्ञप्ती जारी गर्दै आफुले राखेका माग सम्बोधन गर्नुको साटो आफुमाथि कटाक्ष शैलीमा बाहिरिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको बताएकी हुन् ।विज्ञप्तीमा भनिएको छ ,‘नगरपालिका भित्र भएका अनियमितताको आशंका लगायतका विषयमा आफुले उठान गरेको विषयलाई लिएर इनरुवा नगरपालिकाले कात्तिक २७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको धारणा प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’ प्रशासकीयक अधिकृतले नगरपालिकाको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै आफ्नो अभियानमा सहयोग गर्छु भनेको विषयलाई उप प्रमुखले जारी गरेको विज्ञप्तीमा आफु माथिको सुनियोजित प्रहार भएको ठहर गरिएको छ । पोखरेलले विज्ञप्तीमा अख्तियार जानुस, कार्यालयको साथ र सहयोग रहने छ भनिनुलाई कुटिल शब्दजाल फ्याकेको भनेकी छिन् ।संचारकर्मीहरुसँगको कुराकानीमा उप प्रमुख पोखरेलले आफु आफ्नो अभियानबाट पछि नहट्ने भन्दै कुण्ठित बनाइएको आफ्नो अधिकारी प्राप्ती सहित जनताको सुसूचित हुन पाउने अधिकारको सवालमा लडिरहने बताइन् ।

तपाईको प्रतिक्रिया