- अमर काफ्ले

सुनसरीको इनरुवामा होटल लेमन संचालनमा ल्याउन लागिएको छ । जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको होटल लेमन सुरेन्द्र स्वर्णकारले संचालनमा ल्याउन लागेका हुन् । सुनचाँदी व्यवसायी स्वर्णकारले नयाँ भवनमा सुविधा सम्पन्न होटल संचालनको तयारी थालेका हुन् । डेढ करोड लागतमा निर्माण सम्पन्न भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न लज सहितका कोठाहरु तयारीको चरणमा रहेको स्वर्णकारले बताए ।

भगवती रोडमा रहेको होटलको भित्रि भागमा पर्याप्त पार्किङ समेत रहेको छ । क्याबिन सहितका कोठाहरु छुट्टै रहेकाले पारिवारीक वातावरणमा रम्न चाहनेकालागि समेत होटल लेमन उपयुक्त ठहरिने संचालकको विश्वास छ ।

होटलको सेवा सुचारु भएपनि अन्य सम्पूर्ण तयारी पुरा भएपछि बढीमा दुई साता भित्र औपचारिक उद्घाटनको कार्यक्रम आयोजना गरिने होटल संचालक सुरेन्द्र स्वर्णकारले जानकारी दिए ।स्वर्णकारका अनुसार होटलमा सबैखाले परिकार उपलब्ध हुने छन् । विशेषगरी हाँस, परेवाको मासु सहित परम्परागत र ग्राहकको रोजाई अनुसारको सेवा पस्कने गरी होटल संचालनको तयारीमा जुटेको उनले बताए ।

स्वर्णकारले अन्यत्रको दाँजोमा सूलभ मूल्यमा होटलको सेवा उपलब्ध हुने बताए । मटकाको चिया सहित माटोका भाँडा र परम्परागत शैलीका माध्यमबाट ग्राहकको मन जित्ने लक्ष्य अनुरुप तयारीमा जुटेको उनले जानकारी दिए । स्वर्णकारले स्थानीय मजदुर र गरीब दुःखी लक्षित गरी सहुलियत दरमा खानाको व्यवस्था समेत छिट्टै मिलाउने तयारीमा जुटेको बताए । सुविधा सम्पन्न हल सहितको होटल संचालनमा आएपछि राम्रो होटल खोज्दै अन्यत्र भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने संचालको भनाई छ ।

तपाईको प्रतिक्रिया