- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं / अस्पताल सुधारको आवश्यक्ता महसुस गरी संघर्ष समिति मार्फत दबाबका कार्यक्रममा जुटेका युवाहरु स्वास्थ्य क्षेत्र भित्र बेथिति मौलाएको निष्कर्शमा पुगेका छन् ।
सदरमुकाममा रहेको अस्पताल सेवा प्रवाह भन्दा रेफर अस्पतालका नामले चिनिनु नगरवासीकालागि लज्जाबोध भएको उनीहरुको ठम्याई छ । समितिले अस्पताल व्यवस्थापन समितिले समेत अस्पताल सुधारको सवालमा ठोस काम गर्न नसकेको निष्कर्श निकालेको छ ।

संघर्ष समिति मार्फत होमिएका युवाहरुले दरबन्दी अनुरुपको चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको पदपूर्ति व्यवस्थापन गरिनु पर्ने, सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाइनुका साथै हिसाब किताब पार्दशी बनाइनु पर्ने जस्ता माग उठाउदै आएका छन् ।
दिलिप चन साहु संयोजक रहेको संघर्ष समितिमा नगरका विभिन्न दलका व्यक्ति र नागरिक समाजका अगुवाहरु सम्मिलित छन् । समितिले चरणवद्ध रुपमा खबरदारी र छलछल कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
समितिले अस्पताल सुधारकालागि प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला समक्ष ज्ञापन पत्र समेत बुझाउने तयारी थालेको छ ।
अस्पताल सुधार संघर्ष समितिले अस्पताल भित्रको बेथिति अन्त्य हुन सके धेरै हद सम्म स्वास्थ्य सेवा चुस्त हुने विश्वास लिएको छ । जसको लागि उसले नागरिक समाज र आम सर्वसाधारणको साथ र सहयोगको आवश्यक्ता महसुस गरेको छ ।
उता अस्पताल सुधारको नाममा गठित संघर्ष समितिलाई केहिले भने राजनैतिक स्वार्थको संज्ञा दिएका छन् । पटक पटक इनरुवा अस्पतालको नाममा राजनैतिक स्वार्थ साँधिएको बताउने स्थानीय जानकारहरु पछिल्लो प्रसंज्ञलाई समेत यकिनसाथ यसै हो भन्न नसकिने बताउछन् ।

तपाईको प्रतिक्रिया