- दिलिप कुमार साह

राजविराज । २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाले १६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएको व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता नाराको साथ आयोजित उक्त सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल प्रदान गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा वडा नं. ८ का अध्यक्ष लक्ष्मी प्रसाद मण्डल वडा नं. ७ का वडा अध्यक्ष गुलाब प्रसाद सिंह जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल शैलेन्द्र सिंह सहितकाले अपाङ्गता भएका व्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।

तपाईको प्रतिक्रिया