इनरुवा जेसीजको सदस्यता लिन चाहनेकालागि मंसिर २८ गते सम्म आवेदन खुला गरिएको छ ।जेसीआई इनरुवाले दिएको जानकारी अनुसार साधारण सदस्यता लिन चाहनेले मंसिरको २८ गते सम्म आवेदन दिइसक्नु पर्ने छ ।

उसले सो मिति पश्चात प्राप्त भएका निवेदन भने मान्य नहुने बताएको छ । इनरुवा जेसीज वर्ष २०२० का अध्यक्ष चन्दन यादवले साधारण सदस्यता लिन चाहनेहरुले बेलैमा सम्पर्कमा आउन आग्रह गरेका छन् । यादवका अनुसार १८ देखी ४० वर्ष ननाघेका व्यक्तिले जेसीजको साधारण सदस्यताको लागि आवेदन दिन सक्ने छन् ।

तपाईको प्रतिक्रिया