- अमर काफ्ले

चितवनबाट आएको वन्यजन्तु प्राविधिक टोलीले कोशी टप्पुको जंगली हात्ती मकुना बौलाएको नपाइएको निष्कर्श निकालेको छ ।वन्यजन्तु प्राविधिक र चिकित्सक सहितको उक्त टोलीले मकुना हात्तीमा यौन उन्माद बढेको निष्कर्श निकालेको हो ।

प्राविधिक तिर्थ लामाका अनुसार हात्तीको व्यवहार अध्ययनबाट उसको शरीरमा हर्मोनको स्तर बढेको पाइएको छ । सो अवस्थामा भाले हात्ती उत्तेजित र आक्रामक हुने टोलीको ठहर छ । जसलाई नियन्त्रण गर्न उपचार थालिएको छ ।हर्मोन घटाउन डार्ट विधिबाट औषधी दिइएको चिकित्सक डा. अमिर सडौलाले बताए । सडौलाका अनुसार हात्तीलाई लगाइएको औषधीले हर्मोन बन्ने क्षमतामा कमी ल्याउनुको साथै जनावरलाई शान्त राख्न मद्यत पुर्याउने छ ।प्राविधिकको टोलीले अझ केहिदिन मकुनाको व्यवहार अध्ययन गरिने बताएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले प्राविधिकको सुझावका आधारमा थप निर्णय लिइने जनाएको छ ।उता स्थानीयले भने हात्तीकाेे दीर्घकालीन समाधान खाेेेजिनु पर्नेे बताएका छन् ।

तपाईको प्रतिक्रिया