- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/ इनरुवा अस्पतालबाट  साताको एक दिन हरेक बुधबार विशेषज्ञ सहितको सेवा संचालनमा आउने भएको छ ।इनरुवा अस्पताल र कोशी अस्पताल बिराटनगर बिच भएको सम्झौता अनुसार साताको एक दिन बुधबार विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

केन्द्रीय अस्पतालका रुपमा रहेको कोशी अस्पताल बिराटनगर, मोरङ र इनरुवा अस्पताल सुनसरी बिच भएको सम्झौता अनुसार हरेक साताको बुधवार विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।कोशी अस्पतालबाट आएको स्वास्थ्य टोली र इनरुवा अस्पताल बिच उक्त सेवा संचालन सम्वन्धमा सम्झौता भएको छ ।सम्झौता पत्रमा कोशी अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.चुमलाल दास र इनरुवा अस्पतालको तर्फबाट डा. पुजा दासले हस्ताक्षर गरेका छन् ।इनरुवा अस्पतालमा स्याटेलाईट क्लिनिक मार्फत कोशी अस्पतालले विशेषज्ञ तथा आधारभूत सहितको सेवा उपलब्ध गराउन लागेको बताएको छ ।


केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुले स्याटेलाईट क्लिनिक संचालन गर्ने सम्वन्धी कार्यविधि २०७७ बमोजिम कोशी अस्पताल बिराटनगरले इनरुवा अस्पतालमा विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सम्झौता गरेको हो । पहिलो चरण अन्र्तगत उक्त सम्झौताको अवधि २०७७ पुष ७ गते देखि २०७८ असार मसान्त सम्म रहने छ ।सम्झौतामा उल्लेख गरिए अनुसार स्याटेलाईट क्लिनिक मार्फत कोशी अस्पताल बिराटनगरले इनरुवा अस्पतालमा अर्थोपेडिक, सर्जिकल, मेडिकल, पेडियाट्रिक, डेण्टल, डर्माटोलोजी, साईक्याट्रिक र ई.एन.टी.सेवा उपलब्ध गराउने छ । उक्त सेवा आवश्यक्ता अनुसार पालैपालो उपलब्ध गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया