सुनसरीको भाण्टाबारी नाकाबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । भारतबाट हतियार सहित नेपाल भित्र्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले कोशी गाउँपालिका ८ भाण्टाबारी चोकबाट कटुवा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोशी गाउँपाकिला ८ का ३५ वर्षिय मो.मुक्तार मिया र सोही स्थानका २७ वर्षिय सद्दाम मिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारत तर्फबाट आउदै गरेको दुई वटा मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा हतियार सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको साथबाट २ थान कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ । प्रक्राउ परेका व्यक्तिहरुको हकमा हात हतियार खरखजाना सम्वन्धि कसुर बमोजिमको कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया