कोशी गाउँपालिका वडा नम्वर ३ मा स्थानीयको कुटपिटबाट ८० वर्षिय वृद्धको ज्यान गएको छ । कुटपिटबाट ८० वर्षिय गंगाई दासको ज्यान गएको हो ।प्रहरीले घटनामा संलग्नताको आशंकामा उदिचन्द र कृपा मुखियालाई नियन्त्रणमा लिएको छ । वृद्ध हत्याको आरोपमा पक्राउ परेका व्यक्ति दाजुभाई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले रातीको समयमा तस्करीको सामान ओसारपसार गर्दै गरेका उदिचन्द र कृपा मुखियासँग बृद्धको परिवारसँग बिवाद भएको देखाएको छ । सोही क्रममा हात हालाहाल तथा कुटपिट हुँदा लडेका वृद्धको ज्यान गएको प्रहरीको भनाई छ ।स्थानीयले भने तस्करीको सामान लुकाउने विषयमा वृद्धसँग झगडा परेको र सो क्रममा उनको कुटपिटबाट ज्यान गएको बताएका छन् । घटना सम्वन्धमा विस्तृत अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया