12476111_1000760983305162_1476541724_n

माघ १५ प्रकाशपुर/

मुलुकले नयाँ संबिधान पाएपनि आफुहरुमाथि भने राज्यले विभेद गरेको चन्द्रवंशी समूदायले गुनासो पोखेको छ ।

अल्पसंख्यकको सूचिमा रहेको समूदाय भएतापनि सरकारबाट कुनैपनि किसिमको सेवा सुविधाको प्रत्याभुति पाउन नसकेको उनिहरुले दुखेसो पोखेका हुन् ।

सुनसरीको प्रकाशपुर गाविसमा आज आयोजित नेपाल चन्द्रवंशी समाज सेवा
समितिको तेस्रो राष्ट्रिय सम्मेलन कार्यक्रममा सहभागिहरुले आश्वासनका बाबजुत समेत राज्यले विभेद गरेको उनिहरुको भनाई थियो ।

नेपालमा पुस्तौ देखी वसोबास गर्दै आएका चन्द्रवंशी(चाईँ) जातिहरुको हक
अधिकार र संरक्षणमा राज्य पक्षले वेवास्ता गरेको चन्द्रवंशी सेवा समाजका अध्यक्ष प्रल्हाद चन्द्रवंशीले बताउनुभयो ।

समितिको तथ्याँक अनुसार नेपालमा अल्पसंख्यकका रुपमा रहेको चन्द्रवंशी समुदायको जनसंख्या १ लाख ६५ हजार २ सय ५१ रहेको जनाईएको छ ।

सुनसरीको प्रकाशपुर र महेन्द्रनगर गाविसमा पर्ने श्रीलंका टापुमा चन्द्रवंशी जातिको ठुलो
संख्यामा बसोवास रहँदै आएको छ ।

तेस्रो राष्ट्रिय सम्मेलनबाट गठित समितिले राज्य सँग अधिकार प्राप्तीको एजेण्डालाई मुलभुत रुपमा अघि बढाउने निर्णय समेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया