- दिलिप कुमार साह

राजविराज । सप्तरीको दुई स्थानीय तहमा निर्वाचित प्रतिनिधि र स्थानीय संघ संस्थाहरुको प्रतिनिधिहरुलाई तिन दिने क्षमता विकास गोष्ठी सम्पन्न भएको छ । युरोपियन यूनियनको आर्थिक सहयोग,आसमान नेपालको नेतृत्वमा एंव वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोगमा सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रबद्र्धनू नागरिक सक्रियता परियोजना अन्र्तगत सप्तरीको बिष्णुपुर गाउँपालिका एवं राजगढ गाउँपालिकाका निर्वाचित प्रतिनिधि र मञ्च सँग आबद्ध स्थानीय संघ संस्थाहरुको प्रतिनिधिहरुलाई तिन दिने क्षमता विकासका लागि अधिकारमुखी विकास पद्धति र लैङ्गिक समानता र सामाजिक समावेशीकरण कार्यशाला गोष्ठीमा अधिकार र अधिकारमुखी विकासको अवधारणा, बिकासको अधिकार सम्बन्धमा भएका कानूनी व्यवस्था, बिकासको अधिकार सम्बन्धमा भएका सस्थागत व्यवस्था, बिकासको अधिकार कार्यान्वयन गर्न स्थानीय तहको भुमिका, लैङ्गीक समानताको अवधारणा, लैङ्गीक समानता र सामाजिक समावेशीकरण, स्थानीय तहको बार्षिक योजना र लैगिंक मैत्री बजेट, सुशासन अभिबृद्धिका लागि जवाफदेहिता, सार्वजनिक जवाफदेहिता र सामाजिक जवाफदेहिता अवधारणा तथा सार्वजनिक जवाफदेहिता र सामाजिक जवाफदेहिता अवधारणाका औजारहरु अन्तक्रिया गरिएको हो ।

सो कार्याशाला गोष्ठी बिष्णुपुर गाउँपालिमा पुस ३ गते देखि ५ गते सम्म र राजगढ गाउँपालिकामा पुस ७ गते देखि ९ गते सम्म सञ्चालित गोष्ठीमा दुवै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका प्रतिनिधिहरु, प्रशासकिय अधिकृत लगायतको उपस्थिती रहेका थिए । उक्त गोष्ठी सबै जनप्रतिनिधिहरुले कार्यक्रमको बिषयबस्तु महत्वपूर्ण रहेकोले दलित सरोकार मञ्च नेपालद्धारा हस्तारण गरिएको स्थानीय सरकार सञ्चालन गर्न कार्यविधिहरुलाई कार्यपालिकाको बैंठकबाट निर्णय गरी गाउँपालिकाको राजपत्रमा प्रकाशित गर्ने प्रतिबद्धता गरिएको छ । साे गाेष्ठीमा WHH का सुशासन सल्लाहकार राजकिशाेर रजक तथा बरिष्ठ प्रशिक्षक साेनालाल चाैधरीले सहजिकरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया