- अमर काफ्ले

मुलुकमा अब फेरि निर्वाचन हुने हो भने नेपका पत्तासाफ भएर जाने काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले दाबी गर्नु भएको छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री समेत रहनु भएका कार्कीले संसद् पूर्नस्थापना वा चुनाव दुवै काँग्रेसलाई स्विकार्य हुने बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु जनता माझ जाने बताउनु भएको हो ।


कार्कीले सर्वोच्चको जुनसुकै आदेश आफुहरुको लागि स्विकार्य हुने बताउनु भएको हो । सुनसरीको लौकहीमा आयोजित क्षेत्रीय बिरोध सभालाई सम्बोधन गर्नु हुँदै कार्कीले सर्वोच्चले चुनावको बाटो खोलिदिए नेपाली काँग्रेस जनता माझ जान तयार रहेको धारणा राख्नु भयो ।

वहाँले मुलुकको निकाशको लागि काँग्रेस बाहेकको विकल्प नरहेको समेत बताउनु भयो ।प्रधानमंत्रीको कदम असंवैधानिक भएको जान्दाजान्दै मुलुकलाई खाल्डोमा हाल्ने कार्यमा राष्ट्रपतिले रबर स्टाम्पको भूमिका निर्वाह गर्नु दुर्भाग्यपूर्ण रहेको वहाँको भनाई थियो ।बिरोध सभालाई ऐयुब अन्सारी, गफार अन्सारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ ले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुले ओली सरकार असक्षम भएको बताएका थिए । उनीहरुले देशमा मंहगी, भष्ट्राचार, अत्याचार र अपराध बढ्दा समेत नेकपाको सरकार मुकदर्शक मात्र भएको बताए । उनीहरुले ओली सहित नेकपाका जो कोही नेता समेतको मुलुकमा काम नरहेको बताए ।सभापूर्व कार्की सहितका नेता, कार्यकर्ताको र्यालीले सरकार बिरोधी नाराबाजी गर्दै लौकही बजार क्षेत्रको परिक्रमा गरेको थियो ।


तपाईको प्रतिक्रिया