Madheshi-morcha-350x175

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । मोर्चाले नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरि आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । मंगलबार तमलोपाको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले दशैंलाई मध्यनजर गरि आगामी कत्तिक ३ गतेदेखि ९ गतेसम्म आन्दोलनका कार्यक्रमलाई खुकुलो पार्ने निर्णय गरेको तमलोपाका एक नेताले जानकारी दिए । निर्णयअनुसार ३ गतेदेखि ९ गतेसम्म मोर्चाले यातायात, बजारलगायत खुल्न दिनेछन् तर, सीमानाकामा अवरोध र भन्सार ठप्प पार्ने कार्य भने जारी रहने छ । ‘यातायात र बजारलगायत खुल्नेछन्, नाकाबन्दी भने कायमै राख्ने निर्णय बैठकले गरेको छ’, ति नेताले भने । साभार: रातोपाटी

तपाईको प्रतिक्रिया