- अमर काफ्ले

नेकपाको प्रचण्ड माधब समूहले सुनसरीमा प्रदर्शन गरेको छ । प्रधानमंत्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सो नेकपाको सो समूहले आज इनरुवामा बिरोध जुलुस निकालेको हो ।संसद बिघटनको बिरोधमा आयोजित बिरोध प्रदर्शनमा नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शन गरिरहेको छ । सोही अनुरुप सुनसरीमा समेत बिरोध कार्यक्रमको आयोजना गरिएको हो ।बिरोध कार्यक्रममा प्रचण्ड माधब समूहका स्थायी कमिटी सदस्य भीम आचार्य सहितको उपस्थिति रहेको थियो । बिरोध सभालाई सम्बोधन गर्दै आचार्यले केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडी गोठको संज्ञा दिएका छन् ।

उनले ओलीको हठीपनाको कारण मुलुक संकटमा परेको बताए । आचार्यले कुनैपनि हालतमा ओलीको निर्णय जनतालाई मान्य नहुने बताए । उनले आफुहरु कानुनी रुपमा दरिलो रहेको बताए ।बिरोध सभालाई केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, महफुज अन्सारी समेतले सम्बोधन गरेका थिए । बिरोध प्रर्दशन सँगै भिन्नाभिन्नै चोकमा फरक फरक वक्ताले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया