- दिलिप कुमार साह

राजविराज । जिल्लाको बोदेवरसाईन नगरपालिकामा रहेके चन्द्रा नमुना माध्यमिक विद्यालयले ६४ औ बार्षिकोत्सव मनाएको छ ।एक कार्यक्रमका बीच व्यवस्थापन समिति अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य यादवले ६४ बर्ष अगाडी आजकै दिन तत्कालिन राजा महेन्द्र बीरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए ।  वरसाईन क्षेत्रका समाजसेवी स्वर्गीय सत्रुधन प्रसाद सिंह यादवले दान गरेको १ सय ६१ विघा जग्गामा विद्यालय स्थापना भएको बताए ।

कार्यक्रममा यादवले भने तत्कालीन समयमा दरभंगा, मधुबनी लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकोले समाजसेवी स्वर्गीय सत्रुघ्न प्रसादले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो ।कार्यक्रममा बोदे बर्साईन नगरपालिका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह , दाता परिवार सदस्य दिलिप कुमार सिंह यादव, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्मा, वडा अध्यक्ष मो. मजिवुर रहमान, दिगम्भर यादव, प्रधनाध्यापक गौरि शंकर चौधरी लगायतले संस्थापक दाता स्वर्गीय सत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया