- दिलिप कुमार साह

राजविराज । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले मंगलवार सप्तरी लगायत देशभर प्रतिनिधिसभा विघटनको विरोधमा शक्ति प्रदर्शन गरेका छन ।प्रचण्ड–नेपाल समूहले संसद पुर्न स्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सप्तरीको राजविराजमा नेकपा सप्तरीको आयोजनामा स्थानीय दशन चौकमा बृहत प्रदर्शन गरेका छन् ।

सो अवसरमा नेकपा सप्तरीका अध्यक्ष तथा केन्द्रीय सदस्य अशोक कुमार मण्डल अमर, प्रदेश २ सह ईन्चार्ज महेन्द्र पासमान, जिल्ला ईन्चार्ज रामपृत पासवान, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज निरञ्जन झाद्वारा सञ्चालित विरोध प्रदर्शनमा पुर्वमन्त्री उमेश कुमार यादव, नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य रुवी कर्ण, नेकपाका प्रदेश समिति सदस्यहरु महेश प्रसाद यादव, देवनाथ यादव, अरुण कुमार साह, लगायतले संसद बिघटन गर्ने सरकारको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकोले त्यस बिरुद्ध संघर्षको मैदानमा डटेर लाग्नुपर्ने बताउनुभयो ।राजविराजस्थित नेकपा पार्टी कार्यालयवाट निस्केको र्यालीमा हजारौ अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया