घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो ।

सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका आधारमा अख्तियारको टोली हरिनगर पुगेको बताइएको छ । सो क्रममा हरिनगर ४ बजार क्षेत्रबाट ६ हजार रकम लिएका यादवलाई नियन्त्रणमा लिइएको अख्तियारले विज्ञप्ती मार्फत जनाएको छ ।प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीबाट अतिरिक्त रकम लिई तत्कालै खाजा होटल संचालन गर्ने स्थानीय व्यापारीलाई पैसा राख्न दिइएको थियो । सोही क्रममा अख्तियारको टोलीले व्यापारी विनोद साह समेतलाई नियन्त्रणमा लिएको छ ।



तपाईको प्रतिक्रिया