- दिलिप कुमार साह

राजविराज । संसद विघटनको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई नेकपा प्रचण्ड–नेपाल समूहले विरोध पत्र पठाएका छन् ।शुक्रबार जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका नेता र कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रमलाई विरोध पत्र पठाएका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा पार्टीले विरोध पत्र पठाएको पार्टी सप्तरी जिल्ला अध्यक्ष अमर मण्डलले जानकारी दिए ।प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको उनको भनाई रहेका छन् ।संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको मण्डलले वताए ।विरोध पत्र मार्फत माग गरिएको जन भावनालाई नजरअन्दाज गरी अलोकतान्त्रीक मार्गमा हिंड्दा उत्पन्न हुन सक्ने सम्पुर्ण परिस्थितीको जिम्मेवारी नेपाल सरकार र प्रधानमन्त्री हुने विरोध पत्रमा चेतावनी समेत दिइएका छन् ।



तपाईको प्रतिक्रिया