- अमर काफ्ले

नेपाल निजामती कर्मचारी संगठन सुनसरी आवद्ध राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको निर्वाचनमा ओली पक्षधर समूहले प्यानल जित निकालेको छ । इनरुवामा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ओली पक्षले स्पष्ट बहुमत सहितको जित हात पारेको छ ।ओली र माधव–प्रचण्ड गरी स्पष्ट दुई खेमामा कर्मचारी चुनाव लडेका थिए । जसमा राती अवेर समपन्न मत मरिणाम अनुसार ओली पक्षधरले जित निकालेको हो ।ओली पक्षबाट अध्यक्षमा लेखनाथ पौडेल र माधव–प्रचण्ड पक्षबाट हिमाल श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको थिए ।प्राप्त मत परिणाम अनुसार अध्यक्षमा लेखनाथ पौडेल विजयी भएका छन् । उनले ४ सय ५१ मत ल्याई जित हात पार्दा हिमाल श्रेष्ठ भने २ सय ५७ मतका साथ पराजित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कुष्णकुमार नेपालले ४ सय ६२ मत ल्याएर जितेका छन् । उनका प्रतिस्पर्धी यादव भण्डारीले २ सय १५ मत पाएका छन् । सचिवमा कुमार न्यौपानेले जितेका छन् । उनले ४ सय ५५ मत पाए भने उमेश गौतमले २ सय २५ मत ल्याएका छन् । यस्तै कोषाध्यक्षमा समेत ओली पक्षले जितेको छ । मोहन सुवेदीले ४ सय ६४ मत ल्याउँदा निलकमल निरौलाले २ सय १६ मत पाएका छन् ।निर्वाचन समितिका अनुसार सदस्य तर्फ समेत ओली पक्षले सबै स्थान जितेको छ । जसमा खुला सदस्य तर्फ केशव कुमार श्रेष्ठ, कुलमणि बराल, रामदेव साह र परेश कुमार कर्णले जित हात पारेका छन् । यस्तै महिला सदस्य तर्फ मेनुका भण्डारी, तिलोत्तमा दाहाल र कोपिला कार्कीले जितेका छन् ।लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा ओली पक्षकै भोजराज खनाल बिजयी भएका छन् । उनले मणिराज पोखरेललाई हराएका हुन् । महिला सदस्यमा जानुका खनालले जित हात पार्दा लेखा तर्फको खुला सदस्यमा भने राजकुमार श्रेष्ठ निर्विरोध भएका छन् ।  निर्विरोध चयन भएका श्रेष्ठ मात्रै ओली पक्ष बाहिरका व्यक्ति हुन् ।

नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निजामती कर्मचारी संगठन सुनसरीमा आवद्ध कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड मार्फत चुनावी मैदानमा उत्रिएका थिए । राष्ट्रसेवक बहुमुखी सहकारी निजामती कर्मचारीहरुको ट्रेड युनियनका रुपमा रहेको कर्मचारी संगठनमा आवद्ध कर्मचारी र सदस्य मिली खोलिएको सहकारी संस्था हो । संस्थाको २२ औं साधारण सभाबाट ओली पक्ष कार्य समिति निर्वाचित भएको हो ।



तपाईको प्रतिक्रिया