- अमर काफ्ले

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न भएको छ । संस्थाको २२औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुको आज औपचारिक कार्यक्रमका बिच शपथ ग्रहण गराइएको छ । उनीहरुलाई निर्वाचन समितिका संयोजक गोविन्द पोखरेलले शपथ ग्रहण गराएका हुन् ।

शनिवार अबेर राती सम्पन्न मत परिणाम अनुसार सहकारीको अध्यक्षमा लेखनाथ पौडेल बिजयी भएका थिए । हिमाल श्रेष्ठलाई पराजित गर्दै पौडेल संस्थाको अध्यक्षमा चुनिएका हुन् ।राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडमा अध्यक्ष जितेको पौडेल समूहले नै अन्य पदमा समेत बाजी मारेको छ ।

संस्थाको उपाध्यक्षमा कुष्णकुमार नेपाल बिजयी भएका छन् । सचिवमा कुमार न्यौपानेले जित निकाल्दा कोषाध्यक्षमा मोहन सुवेदी चुनिएका छन् ।खुला सदस्य तर्फ केशव कुमार श्रेष्ठ, कुलमणि बराल, रामदेव साह र परेश कुमार कर्णले जित हात पारेका छन् । यस्तै महिला सदस्य तर्फ मेनुका भण्डारी, तिलोत्तमा दाहाल र कोपिला कार्कीले जितेका छन् । लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा भने भोजराज खनाल बिजयी भएका छन् । महिला सदस्यमा जानुका खनालले जित हात पार्दा लेखा तर्फको खुला सदस्यमा भने राजकुमार श्रेष्ठ निर्विरोध भएका छन् । अध्यक्ष सहित स्पष्ट बहुमत हात पारेको पौडेल प्यानल ओली पक्षधर बताइएको छ । त्यसैगरी पराजित पक्ष भने माधव–प्रचण्ड समर्थित समूह भएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया