- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/ इनरुवा अस्पताल सुधारको माग सहित चरणवद्ध आन्दोलनरत संघर्ष समितिले जनदबाब सिर्जना गराउन दबाब समूह निर्माण थालेको छ । अस्पताल सुधार संघर्ष समितिले जनस्तरबाट दबाब बढाउने उद्येश्यसाथ इनरुवाको वडा नम्बर १ र २ मा दबाब समूह निर्माण गरी सकेको छ ।

सो समिति वडाभित्र रहेका टोलमा कमिटी विस्तारको क्रममा जुटेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक दिलिप साहले लथालिङ्ग इनरुवा अस्पतालमा व्यवस्थापकीय सहितको सुधार आफुहरुको प्रमुख माग भएको बताए ।

कर्मचारीको मनोमानी,अपारदर्शीताको साथै दरबन्दी अनुसारको चिकित्सक अभाव, व्यवस्थापकीय कमजोरी र गुणस्तरीय स्वास्थ्योपचार लगायतका मुद्धा केन्द्रीत आन्दोलनमा जनस्तरबाट दबाब बढाउन वडा स्तरमा कमिटी गठनलाई जोड दिइएको साहले बताए ।वडा स्तरमा गठित दबाब समूहले अस्पताल प्रशासनका साथै जिम्मेबार निकाय समक्ष अस्पताल भित्रको बेथिति हटाउन माग गर्ने छ । त्यसका अलावा आमूल सुधारका साथ व्यवस्थित तवरले स्वास्थ्य सेवा संचालनका लागि दबाब समेतको सिर्जना गर्नेछ । दबाब समूह अन्र्तगत वडा नम्बर १ मा शंकर सापकोटा संयोजक रहेको १७ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा बशन्त यादव संयोजक रहेको १७ सदस्यीय समिति चयन गरिएको छ ।



तपाईको प्रतिक्रिया