- अमर काफ्ले

सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले दिएको जानकारी अनुसार सुनसरीमा रहेका ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ बाहेकको रकम प्राप्त भएको छ ।

क्षेत्र नम्बर ३ का निर्वाचित सांसद बिजयकुमार गच्छेदारको पद निलम्बनमा परेको र उनको स्थानमा कानुनले तोके बमोजिम जेष्ठ निर्वाचित सदस्यले समयमै आवेदन नदिएका कारण रकम नआएको जिसस सुनसरीले जनाएको छ ।रकम प्राप्त भएसँगै निर्वाचन क्षेत्र अन्र्तगत रही छनौट गरिएका योजना संचालनको बाटो खुलेको जिसस सुनसरीका प्रमुख गोपाल राजभण्डारीले बताउनु भयो । राजभण्डारीका अनुसार प्राप्त रकम सम्वन्धित निर्वाचन क्षेत्रका निर्वाचित सांसदले तोकिएका आयोजनाको लागि खर्च गर्न पाउने छन् ।समन्वय समितिले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा साना ठूला गरी ३० आयोजना संचालन हुने भएका छन् ।जसमा रत्न मार्ग पट्नाली सडक निर्माण २९ लाख, खहरे तटबन्ध, टोपथूम्का मार्ग सडक कालोपत्रे, भूमिपथ मार्ग सडक निर्माण, बलबहादुर राई भीम बहादुर तामाङ स्मृति भवन निर्माण, बहुउद्यद्देश्यीय सभा हल निर्माण २० लाखको दरले रहेको छ । अन्य आयोजनाहरु १० देखि १५ लाख भित्रका रहेका छन् ।

ति आयोजनाहरुमा ब्लड बैंक धरान, सतिघाट ट्राक, जेष्ठ नागरिक पार्क, नाटक घर, हिमाली सिङसावा, राइजिङ क्लब, बौध चारधाम, हिरालाल मार्ग, बाँझगरा सामुदायिक वन, रोधुङपथ सडक, श्रद्धान्जली मार्ग, हिरासत भवन, दवीथान ड्रेन, तल्लो किसान पथ, सिमल चौरी, किरात चोक हुँदै स्वागत चोक सम्म ड्रेन निर्माण, उदय मार्ग, जिम हल, माथिल्लो जमटोकी ड्रेन, तोरीबारी रेल्वेलाईन सिचाई आयोजना, भुमिगत सिचाई, भट्टराई चोक उत्तर बाटो र इचो स्कुल हुँदै शंकरबेली सडक निर्माण आयोजना रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा संचालित हुने आयोजना ३३ वटा छन् । जसमा ठूला आयोजनाका रुपमा इनरुवा २ को कुशवाहा कल्याण समाज भवन निर्माण, कृषि उपज विज वृद्धि विउ संकलन केन्द्र जिल्ला संघ सुनसरी भवन निर्माणका साथै इनरुवा १ को जिल्ला अस्पतालमा प्रयोगशाला सेवा विस्तार र इटहरीको बुढी गंगा जमुना मुक्ति घाटमा क्रियापुत्री भवन निर्माण वापत २५ लाखको दरले रकम छुट्याइएको छ ।

अन्य शिर्षकका आयोजनामा १० लाखका दरले रकम तोकिएको छ । जस अन्र्तगत इटहरीको लागि राष्ट्रिय मा.बि, शान्ति नगर सामुदायिक बन, हलेश्वर शिव मन्दिर, आदर्श मार्ग, पाथिभरा मन्दिर , सरस्वती मन्दिर भवन निर्माण, बडहरा ग्राम थान, भुवनेश्वर शिवालय मन्दिर, राधाकृष्ण मन्दिर निर्माण रहेको छ ।यसैगरी रामधुनीको लागि महिला सामुदायिक भवन, नयाँ वडा २ कार्यालय जाने बाटो, युनिक मार्ग कालोपत्रे,पानडाडा सेहरा खोला रामधुनी मन्दिर जाने बाटो ग्राभेल, रामजानकी मन्दिर निर्माण रहेको छ । यस्तै इनरुवाको हकमा शिव मन्दिर, रामजानकी मन्दिर खानेपानी पाइप विस्तार, साविक मधेशा ६ हुदै जनहीत प्रावि, मुस्लिम टोल ग्राभेल, राधाकृष्ण मन्दिर भविन निर्माण रहेको छ । हनिरगरको हकमा ढलनाला, पशुपती शिक्षा मन्दिर, देवानगञ्जमा हनुमान मन्दिर, पाचौसिमर मावि कमपाउण्ड, नब भवानी दुर्गा मन्दिर, बज्रङगबली, कृष्ण मन्दिर निर्माण र आरसीसी ढलान रहेको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा विभिन्न १६ आयोजना संचालन हुने भएका छन् । जसमा ठूला आयोजनालाई बढी प्राथमिकतामा राखिएको देखिएको छ । कोशी गापा २ मा कोशी टप्पु जोड्ने बाटो कल्भर्ट तथा स्तरोन्नतीका लागि १ करोड छुट्याइएको छ ।त्यस्तै कोशीकै वडा १मा वीपी कोइराला अध्ययन प्रतिष्ठानको अधुरो भवन निर्माणमा ६७ लाद ६० हजार छुट्याइएको छ । हरिनगरको बशन्तपुर वेसक्याम्प जाने बाटो कालोपत्रे र बराहक्षेत्रको सप्तकोशी बहुमुखी क्याम्पसको अधुरो भवन निर्माणमा ५० लाख तोकिएको छ । यस्तै भोक्राहाको बभनी खोलामा साझेदारीमा पुल निर्माणको लागि २० लाख रकम छुट्याइएको छ । अन्य आयोजनाको लागि २ लाख ४० हजार, १० लाख र १५ लाख रकम तोकिएको छ । ती आयोजनाहरुमा गापाको साझेदारीमा उराव समूदायको मन्दिर निर्माण, मदरसा स्लाहुलको अधुरो भवन र खाल्डो पुर्ने तथा कल्भर्ट, अकाहाको अधुरो दुर्गा मन्दिर, पुलाहा बाटो स्तरोन्नती, बाङगे दुर्गा मन्दिर, विद्यापति स्मारक, पञ्चवटी पार्क , पुतोधारामा ट्रस्ट, वडा कार्यालय भवन र पुल निर्माण आयोजना रहेका छन् ।



तपाईको प्रतिक्रिया