- अमर काफ्ले

सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रमका बिच कृषकहरुलाई पशु औषधी निःशुल्क वितरण गरिएको छ । भारद्वाज भेट्स सप्लायर्स ३३ वर्ष पुगेको अवसरमा आयोजित औपचारिक कार्यक्रमका बिच प्रदेश स्तरीय उत्कृष्ट कृषकहरुलाई निःशुल्क पशु औषधी वितरण गरिएको हो । इनरुवा नगरपालिकाको हलमा आयोजित कार्यक्रममा कृषकहरुलाई औषधी वितरण गरिएको थियो ।


भारद्वाज भेट्स सप्लायर्सका संचालक विष्णु निरौलाका अनुसार एक सय कृषकलाई निःशुल्क पशु औषधी बाँडिएको छ । निरौलाले सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्येश्य अनुरुप कृषकहरुका लागि निःशुल्क औषधी बाँडिएको बताए । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का निर्देशक लेखराज दाहालका साथै पशु चिकित्सक र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा किसानहरुलाई बाँडिएको पशु औषधीमा दुध बढाउने, मुटु कलेजो दरो पार्ने र नाम्ले ठिक पार्ने रहेका छन् ।


किसानहरुलाई निःशुल्क बाँडिएको औषधी एम.डि.एच फर्मास्यूटिकल्स प्रा.लि.ले उपलब्ध गराएको हो । पशुधनीको लागि उपलब्ध गराइएको च्यवनप्राश भने इनरुवा नगरपालिकाले सहयोग स्वरुप दिलाएको थियो । भारद्वाज भेट्स सप्लायर्सले उत्कृष्ट कृषक सम्मान कार्यक्रमको बिच पशु औषधी वितरण कार्यक्रमको बन्दोवस्ती मिलाएको हो ।


तपाईको प्रतिक्रिया