- अमर काफ्ले

इनरुवा अस्पतालको पूर्वी गेट छेउमा स्वर्गीय डोमी धानुक मण्डल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा अस्पतालमा लामो समययता एम्बुलेन्स ड्राइभरका रुपमा सेवा दिदै आएका नारायण मण्डलले स्वर्गीय पिताको सम्झनामा प्रतिष्ठान खोलेका हुन् । प्रतिष्ठानको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरे ।

प्रतिष्ठानको संरक्षक समेत रहेका नारायण मण्डलले पिताको योगदानबाट पे्ररित भएर सामाजिक कार्यमा सरिक भएको बताए । उनले सामाजिक उत्तरदायित्वका साथ गरिव, दुःखी र असहाय तथा अशक्तको हकमा प्रतिष्ठानले सकेको सहयोग गर्ने बताए ।

मण्डलले असहाय वर्गको लागि निःशुल्क एम्बेलेन्स सेवा समेत दिइने बताए । उनले आवश्यक औषधोपचार लगायतका क्षेत्रमा समेत साथ र सहयोग जुटाउने बताए । प्रतिष्ठान उद्घाटन सँगै रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो ।


तपाईको प्रतिक्रिया