- अमर काफ्ले

इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहामा केन्द्रिय कार्यालयको स्थापना गरिएको हो ।

गायक तथा संगीतकार समेत रहेका स्थानीय झोटन मेहताले सांगीतिक कला केन्द्र संचालनमा ल्याएका हुन् । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र नेता सीताराम मेहताले उक्त केन्द्रको उद्घाटन गर्नु भएको छ ।प्रहरी सेवामा कार्यरत मेहताले कला, संस्कृतिको जर्गेना सहित त्यसको जीवन्तताको लागि राष्ट्रिय अभियान स्वरुप अपन स्वर्ग नेपाल कला संस्कृति प्रा.लि.मार्फत सांगीतिक विधाका विविध कलाको प्रशिक्षण दिन लागेको बताए । उनले शाखा कार्यालय नेपालका विभिन्न स्थान सहित बिदेशी मुलुकमा समेत विस्तार गर्ने बताए ।

मेहताले दिएको जानकारी अनुसार वाद्यवादन सहित गायकी र कलाकारिता सिक्ने जो कोहीले निःशुल्क प्रशिक्षण पाउने छन् । अपाङग, विपन्न र असहायलाई बढी प्राथमिकता दिइने छ ।हारमोनियम, मादल, ढोलक जस्ता वाद्यवादकका साथै राग, गायकी र कलाकारिता जस्ता विधामा कुशल प्रशिक्षकहरु बाट प्रशिक्षण दिलाइने प्रालिले जनाएको छ ।


तपाईको प्रतिक्रिया