इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति इनरुवाले नगर भित्रका १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । राधाकृष्ण मन्दिर महेन्द्रचोकमा आयोजित कार्यक्रममा ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकहरुलाई क्षेत्रीय समिति इनरुवाका अध्यक्ष सुर्य कुमार निरौला सहित पूर्व पदाधिकारीहरु बालकृष्ण निरौला र नारायण निरौला लगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

ब्लाष्टकर्मी समेत रहेका राजन निरौलाले जेष्ठ नागरिक समाजका गहना हुने भएकाले उनीहरुलाई सम्मान गरिएको बताए । आयोजक निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले सम्मानको क्रमलाई निरन्तरता दिने जनाएको छ । उसले निरौला बन्धुहरुको एकता र आइपर्ने समस्याको निराकरणका सवालमा समितिले काम गर्ने जनाएको छ ।


तपाईको प्रतिक्रिया