किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत गरेको छ ।नयाँ समिति १५ सदस्यीय रहेको छ । समितिका पदाधिकारीहरुलाई सम्मेलनका बिच हिन्दुहाङ राईले शपथ ग्रहण गराएका छन् ।

सम्मेलनको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरेका थिए । सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङ सहितको उपस्थिति रहेको थियो ।कार्यक्रममा चण्डी नाँचका साथै किरात राईहरुको जातीय पहिचान झल्कने प्रस्तुतिको अयाोजना गरिएको थियो ।कार्यक्रमलाई किरात राई यायोक्खा इनरुवाको १,३,६ र ८ कार्य समितिले संयुक्त रुपमा आयोजना गरेको हो ।समिति अध्यक्षमा चयन भएका सुवास राईले जातीय पहिचान सहित कला, संस्कृतिको जर्गेना र संरक्षणको सवालमा कार्य गर्ने बताए ।कार्यक्रममा वडा अध्यक्ष कालुराम गुरुङ र नगर प्रमुख राजन मेहताले सबै जातजातिको हकमा आफुहरुको साथ र सहयोग रहने बताए ।


तपाईको प्रतिक्रिया