इनरुवामा साबित्री गोपाल स्मृति ट्रष्टले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।ट्रष्टले सखुवागाछीमा कबि गोष्ठी, सांगीतिक प्रस्तुतिका साथै स्रष्टा सम्मान कार्यक्रमका बिच साहित्यकार र गायक तथा संगीतकारलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा साहित्यकारहरु शशि बजगाई र छबिनाथ रिजाललाई सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा प्रतिभावान युवा गायक तथा संगीतकार उदेश श्रेष्ठलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई नगर प्रमुख राजन मेहताले सम्मान गरेका थिए ।ट्रष्टका संरक्षक इनरुवा ३ का रोशन भट्टराईले बुबा आमाको स्मृतिमा वर्षेनी विविध विधाका व्यक्तिहरुलाई सम्मान सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा साहित्यकारहरु प्राडा. टंक न्यौपाने, बद्री विशाल पोखरेल, गोपाल भण्डारी, मनु मञ्जिल लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेका थिए भने गायक तथा संगीतकार उदेश श्रेष्ठ सांगीतिक प्र्रस्तुति दिएका थिए ।


तपाईको प्रतिक्रिया