- अमर काफ्ले

नगरको प्रतिक चिन्हका रुपमा निर्माण गरिएको इनारको इनरुवामा उद्घाटन गरिएको छ । मूख्य बजारमा निर्मित इनारको नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नु भएको छ । पहिचान सँग जोडिएको इनारलाई नगरको प्रतिक चिन्हका रुपमा निर्माण गरिएको नगर प्रमुख मेहताले बताउनु भयो ।

इनरुवाको झोडा फडानी पश्चात मानव बसोवासको क्रममा संचालनमा ल्याइएको इनार बाटै नगरको नाम इनरुवा रहन गएकाले मूख्य बजारमा इनारको प्रतिक निर्माण गरिएको मेहताले बताउनु भयो ।इनारको प्रतिक निर्माण उपभोक्ता समितिले उक्त संरचना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष अभिनन्द कुमार यादवले १५ लाखको लागतमा इनारको प्रतिक निर्माण गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया