- अमर काफ्ले

सुनसरीमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणको सवालमा दुई देशीय सीमा संयन्त्रको बैठक समपन्न भएको छ । कोशी टप्पु स्थित अक्वा वर्ड रिसोर्टमा दुई दिन चलेको बैठकले मानव वेचविखन तथा ओसारपसार नियन्त्रणको सवालमा रोकथाम नै समाधान भएको निष्कर्श दोहो¥याएको छ ।

बैठकले नेपाल र भारत दुवै तर्फका संयन्त्रको भूमिका महत्वपूर्ण रहेको समेत औल्याएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सहित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला सहभागि बैठक सीमा क्षेत्रमा खटिने दुई देशीय सुरक्षाकर्मी बिचको समन्वय र सहकार्यमा केन्द्रित थियो । बैठकमा सीमा क्षेत्रमा परिचालित सुरक्षा संयन्त्रको उपस्थिति र प्रभावकारिता सँगै सरोकारवाला बिच आपसी तालमेलको विषयमा समेत छलफल चलाइएको थियो ।कोकनले आयोजना गरेको कार्यक्रममा सीमा क्षेत्रमा परिचालित संयन्त्र मजबुत बन्ने क्रमसँगै मानव वेचविखन र ओसारपसारका घटनामा समेत कमी आएको उल्लेख गरिएको छ ।

कार्यक्रममा कोकन संयोजक मञ्जिता उपाध्यायले हेल्प डेस्कको स्थापना सँगै परिचालित संयन्त्रका कारण सीमा वारपार हुने मानव वेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउनु भयो ।वहाँले सीमा क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा आवश्यक रणनीति तय गर्न बैठक डाकिएको जानकारी दिनुभयो । प्राप्त सुझावका आधार थप कार्ययोजना बनाइने आयोजकको भनाई छ ।कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानव वेचविखन तथा ओसारपसार जघन्य अपराध भएकाले त्यस्ता कार्यलाई निरुत्साहित गरिनु पर्नेमा जोड दिनु भएको छ ।

प्रजिअ ढकालले बढी मात्रामा सोझासाझा बालिका तथा युवतीलाई प्रलोभनमा पारी फँसाउने गरिएको पाइएकाले सचेतनाको पाटोमा जोड दिन आवश्यक रहेको समेत औल्याउनु भएको छ । उक्त बैठकले सीमा सुरक्षा संयन्त्र थप मजबुत पार्दै लैजाने निर्णय समेत गरेको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया