India-u19-team

माघ १८, काठमाडौँ। १५ बर्षपछी अन्डर –१९ विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको नेपाली युवा क्रिकेट टोली भारतसामु ७ विकेटले पराजित भएको छ ।टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपालले भारतलाई ८ विकेट गुमाउँदै १७० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतले १८.१ ओभरमै जम्मा ३ विकेट गुमाएर १७५ रन बनाउन सफल भयो ।नेपालका लागि ओपनर ब्याट्स्म्यान सन्दीप सुनारले ९७ बल सामना गरि ३७ रन बनाएका थिए । यस्तै प्रेम तामाङले अविजित २९, राजवीर सिंहले ३५ र आरिफ शेखले २६ रनको योगदान दिएका थिए ।

भारतको तर्फबाट अभेस खानले ३, मय‌ंक डगर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए ।

 

तपाईको प्रतिक्रिया