aaglagiमाघ १८, सिरहा । सिरहाको गोलबजार ६ मा रहेको एक कम्प्युटर पसलमा आगलागी हुँदा ४० लाख भन्दा बढीको सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट चार लाख १५ हजार नगद, बिक्रीका लागि चार वटा सिसिक्यामरा, ल्यापटप, कम्प्यूटरका पार्टपूर्जा लागायतका सामग्री जलेर नष्ट भएका छन् । आगो स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा राति नै निभाइएको थियो ।

 

तपाईको प्रतिक्रिया