raju1

१९ माघ काठमाडौ । अन्डर नाइन्टिन बिश्वकप क्रिकेट टोलीका क्याप्टेन राजु रिजाललाई एक भारतिय खेलाडीले गम्भिर आरोप लगाएका छन ।भारतका एक खेलाडी कौस्तुव परवार राजुको उमेर बढि भएको आरोप लगाएका छन ।परवारले आफनो फेसबुकमा राजुसंग आफुले मुम्बईमा अन्डर १५ को खेल खेलेको र उनी अहिले २४\२५ वर्षको भएको आरोप लगाएका छन ।

आरोपपछि बंगलादेशमा जारी यू-१९ विश्वकफमा उनको उमेरलाई लिएर बिवाद भएको छ ।परवार क्याप्टेन राजु नेपालमा क्रिकेट खेल्नु भन्दा अघि मुम्बईमा क्रिकेट खेल्ने गरेको र उनी यू-१५ मा राजु शर्माको नाममा क्रिकेट खेल्ने गरेको आरोप लगाएका छन ।

राजुको उमेर सम्बन्धी आइसीसीले अहिले सम्म केही बोलेको छैन ।यसै विषयलाई लिएर भारतिय अनलाइन दैनिक भास्करले  नेपाली क्याप्टेनको उमेरमा प्रश्न चिन्ह मुम्बईका क्रिकेटरले भने राजु २५ वर्ष भनेर समाचार  प्रकाशित गरेको छ ।

 

तपाईको प्रतिक्रिया