sex२० माघ एजेन्सी । लामुखुट्टेको टोकाइबाट सर्ने जिका भाइरस पछिल्लो समयमा शारीरिक सम्पर्कबाट समेत सरेको पाइएको छ ।एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरस प्रभावित व्यक्तिसँगको शारीरिक सम्पर्कबाट समेत रहेको पुष्टि भएको हो ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले यौन सम्पर्कबाट समेत जिका भाइरस सर्नु दुर्लभ घटना भएको उल्लेख गरेका बीबीसीले जनाएको छ ।अमेरिकाको टेक्सासमा भेटिएका विरामीमा शारीरिक सम्पर्कपछि सो भाईरस भेटिएको हो । संक्रमित व्यक्ति महिला वा पुरुष के भन्ने खुलाईएको छैन ।

यद्यपी उनी जिका भाईरस प्रभावित मुलुक भनेजुयलाबाट फर्किएको बताईएको छ । जिका भाईरसका कारण ब्राजिलसहित ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २० भन्दा बढी देशहरु प्रभावित छन् ।

 

तपाईको प्रतिक्रिया