pashu 1

माघ २१ इनरुवा /
सीमावर्ति क्षेत्रबाट हुने चोरी पैठारी नियन्त्रण लागि जिल्लास्थित सरोकारवालाहरुले सहकार्य थाल्ने भएका छन् ।
खुला सीमानाकाका कारण अवैध रुपमा पशुपंक्षी तथा पशुजन्य वस्तुको बढ्दो चोरी पैठारी नियन्त्रणका लागि सुनसरीमा सहकार्यको पहल थालिएको हो ।
जिल्ला पशु सेवा कार्यालय सुनसरीले इनरुवामा सरोकारवालावीच आयोजना गरेको अन्र्तकृयामा चोरी पैठारीको समस्या समाधान तर्फ सहकार्य गरी अघि बढ्ने सहमति गरेको हो ।कार्यक्रममा खासगरी भारतीय बजारबाट खुलानाका हुँदै सुनसरी भित्रिने कुखुराका कारण वर्ड फ्लु संकमणको खतरा विद्यमान रहेकाले त्यसतर्फ सवै सरोकारावाला सचेत हुन आवश्यक रहेको औल्याइएको थियो ।
हाल वर्ड फ्लुको खतरा नरहेपनि सीमाका १२ गाविस वर्ड फ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहने प्रयासमा पशु कार्यालयले सरोकारवालाहरुलाई सहकार्यको खाँचो औल्याएको थियो ।
कार्यक्रममा जिल्ला पशु कार्यालय प्रमुख शिवनाथ महतो जिल्लाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया