आगलागि बाट अर्बौको नोक्सानी, ईटहरीमा हाईअलर्ट जारि

aago2

माघ २१, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित व्यस्त बजारमा आगलागी भएको छ । बिजुली सर्ट भइ सुरु भएको आगोले जनता उच्चमाविको पश्चिम क्षेत्रका घरहरुमा आगो फैलिएको छ ।

आगोले तिनवटा भन्दा बढि पक्की घर जलेको प्रहरीले जनाएइको छ । दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीय बासिन्दाले प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । व्यस्त बजार जोडिएका घरहरु भएकाले आगो फैलिंदै गए धेरै नोक्सानी हुन सक्ने सम्भावनाले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

आगो नियन्त्रणमा नआएपछि आसपासका घरका बासिन्दाले आफ्ना सामान निकालेर सुरक्षित स्थानतर्फ लगिरहेका छन् । सेना, सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीय बासिन्दाले दमकल प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

aago1

aago3

तपाईको प्रतिक्रिया